नियम ७९
सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणीकरण
: (१) सहकारी शिक्षा सञ्चालन गर्ने सहकारी संस्था वा निकायको लागि पाख्यक्रम निर्धारण तथा त्यस्ता संस्थाको प्रमाणीकरण गर्नका लागि देहाय बमोजिमको एक प्रमाणीकरण समिति रहनेछ :-

(क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष वा

निजले तोकेको प्रतिनिधि - सदस्य (ग) सहसचिव, शिक्षा मन्त्रालय - सदस्य (घ) सहसचिव, राष्ट्रिय योजना आयोग - सदस्य (ङ) सहसचिव, मन्त्रालय - सदस्य (च) रजिष्ट्रार, सहकारी विभाग - सदस्य (छ) सहरप्राध्यापक, त्रिभुवन विश्वविधालय,

सम्बन्धित केन्द्रीय शिक्षण विभाग -सदस्य (ज) _ सहकारी विज्ञमध्येबाट मन्त्रालयले

तोकेको एक जना - सदस्य (झ) प्राचार्य, _ सहकारी प्रशिक्षण तथा

अनुसन्धान केन्द्र - सदस्य-सचिव (२) उपनियम (१) बमोजिमको समितिले बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रण : गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिमको समितिको _काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) सहकारी प्रशिक्षण संस्था वा निकायहरूको आधारभूत संस्थागत निर्धारकहरू (स्पेसिफिकेसन) तोक्ने,

(ख) सहकारी प्रशिक्षण संस्था वा निकायहरूबाट सञ्चालन हुने शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरूको प्रशिक्षार्थी समूह अनुसार पाठ्यक्रम, अवधि, स्रोत व्यक्तिको योग्यता लगायतका न्युनतम निर्धारकहरू तय गर्ने,

(ग) खण्ड (क) र (ख) बमोजिमका निर्धारकहरू पूरा गर्ने सहकारी संस्था वा निकायहरूबाट सञ्चालन हुने प्रशिक्षण क्रियाकलापहरूको प्रमाणीकरण गर्ने,

(घ) विद्यालय तथा विश्वविद्यालय तहमा सहकारी शिक्षा समावेश गर्नका लागि पाठ्यक्रम बिकास गरी सिफारिस गर्ने, (ङ) बिभिन्न संस्था वा निकायहरूबाट सञ्चालित सहकारी शैक्षिक “तथा प्रशिक्षण क्रियाकलापहरुको निरीक्षण गरी पृष्ठपोषण लिने,

(च) सहकारी शिक्षा: तथा प्रशिक्षण क्रियाकलापहरुको स्तरोन्नतिका लागि _ सहकारी _सङ्घसंस्थाहरूलाई मार्गदर्शन गर्ने,

(छ। सहकारी शिक्षा तथा प्रशिक्षण कार्यको प्रमाणीकरणसँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्था वा निकायहरूले सञ्चालन गर्ने प्रारम्भिक सहकारी सदस्य-शिक्षा कार्यक्रमहरूको हकमा प्रमाणीकरण गराइराख्नु पर्ने छैन ।

(५) _ उपनियम (१) बमोजिमको प्रमाणीकरण समितिले आफ्नो कार्यविधि आफैं बनाउन सक्नेछ ।